गायक राजेश पायल राईले विमानभित्र हल्ला गरेर एयरलाइन्सका कर्मचारीसँग झगडा गरेपछि..

Jun 27, 2024 12:50 PM Merolagani



गायक राजेशपायल राई पुनः विवादमा फसेका छन् । राईले आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अत्याधिक मादक पदार्थ सेवन गरेर झगडा गरेकाे खुलेकाे छ ।

बिहीबार बिहान सांगितिक कार्यक्रमकालागि दुबई उड्न गायक राई विमान नै चढिसकेका थिए । तर  मदिराले लठ्ठ राईले फ्लाई दुबई एयरलाइन्सका कर्मचारीसँग झगडा गरे । जसपश्चात उनलाई विमानबाट उतारेर घर फर्काइएकाे थियाे । 

उनी विमानस्थल पुग्नु अगावै नै मदिराकाे मातमा लठ्ठिएकाे बताइएकाे छ । राईले विमानभित्र हल्ला गरेर एयरलाइन्सका कर्मचारीसँग नै झगडा गरेका थिए । त्यसपछि, राईलाई प्रहरीको जिम्मा लगाइयाे। र प्रहरीले उनलाई ट्याक्सीमा हालेर घर पठाइदिएको थियाे ।

फ्लाई दुबईकाे विमान भने उनलाई छाेडेर अन्य यात्रुका साथ दुबई उडिसकेको छ । 




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।