प्रि ओपन सेसन अपडेटः करिब साढे २ अंक बढ्यो नेप्से

Jul 09, 2024 10:52 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ४.६२ अंक घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२६ अंक बढेर २१३८.६१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१० अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको ६४ पटकको कारोबारमा ९८ लाख ४ हजार ३६१ रुपैयाँबराबरको १६ हजार ४५० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २५ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।