सामान्य अंकको करेक्सन पछि पुनः उकालो लाग्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Jul 09, 2024 03:08 PM Merolagani



मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। गत साताको दोस्रो कारोबार दिनदेखि बढीरहेको नेप्सेमा हिजाे अर्थात सोमबार सामान्य अंकको करेक्सन देखिएको थियो। सो करेक्सनपश्चात यस दिन पुनः नेप्से बढेको छ।

यस दिन नेप्से परिसूचक १५.७९ अंक बढेर २१५२.१४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६६ हजार ७१६ पटकको कारोबारमा ५ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नेपाल फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने जानकी फाइनान्सको कारोबार रकम साढे १३ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।