प्रि ओपन सेसन अपडेटः १३ अंकभन्दा बढी बढ्यो नेप्से

Jul 11, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३ अंकभन्दा बढी बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २३.२५ अंक बढेर २१७५.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२३ अंक बढेर २१८८.६३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.१८ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७३ स्टकको १०५ पटकको कारोबारमा ३५ लाख ९० हजार ६२ रुपैयाँ ३० पैसाबराबरको ८ हजार ३५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४६ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।