कास्की पहिरो अपडेटः मृतकको संख्या ११ पुग्यो

Jul 12, 2024 08:41 AM RSS



कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा १ जनाको पहिरोमा मृत्यु भएको हो।

पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा ७ जनाको मृत्यु भएको छ। यसैगरी, पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिएका छन्। मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको उनले बताए।




comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफामा उल्लेख्य सुधार, प्रतिशेयर आम्दानी कति?

Feb 11, 2025 07:40 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।