प्रि ओपन सेसन अपडेटः करिब ९ अंक बढ्यो नेप्से

Jul 18, 2024 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ५४.०४ अंक बढेर २३६४.६३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.८९ अंक बढेर २३७३.५२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८५ स्टकको १७७ पटकको कारोबारमा ६० लाख ७५ हजार ८३४ रुपैयाँ ४० पैसाबराबरको १७ हजार १८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६३ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।