इन्ट्राडे करेक्सन पछि सकारात्मक नेप्से, बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक घट्यो

Jul 22, 2024 03:13 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक इन्ट्राडे करेक्सन हुँदै अन्तिम समयमा सकारात्मक भएर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि उच्च अंक बढीरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको छ।

सोमबार बजारमा तिव्र उतारचढाव देखिएको थियो। कारोबार अवधिमा बारम्बार नकारात्मक भएपनि अन्तिम समयमा भने नेप्से सकारात्मक भएर बन्द भएको हो। यस दिन नेप्से परिसूचक २.१५ अंक बढेर २४८८.०९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक र सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ।

नेप्से सकारात्मक भएपनि यस दिनको भोल्यूम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार १५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन ३०९ स्टकको १ लाख ७० हजार ५५९ पटकको कारोबारमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५४ हजार कित्ता शेयर कारोबार भएको छ।

पछिल्ला ४ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको बैंकिङ्ग उपसमूहमा भने यस दिन करेक्सन भएको छ। यस दिन सो उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशत घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यस दिन मुक्तिनाथ कृषि विकास कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १३५ रुपैयाँ ९० पैसा बढेर १ हजार ४९४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ९.९४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको करिब ३५ करोडको शेयर खरिदबिक्री भएको छ भने कुमारी बैंकको कारोबार रकम २८ करोड नाघेको छ।

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।