शुक्रबार नेप्से परिसूचक ८.५७ अंक घटेर २६२८.१७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ४२ हजार ८२१ पटकको कारोबारमा ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एनआईसी एशिया बैंकको शेयरमूल्य सर्वाधिक ६.०८ प्रतिशत बढेको छ। यस दिन बैंकको शेयरमूल्य समायोजन भई कारोबार खुलेको हो। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने बेष्ट फाइनान्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत बढेको छ। कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य यस दिन सर्वाधिक ५.३७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २४ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन उर्जा विकास कम्पनीको कारोबार रकम १५ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमाआएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ६७.४३ अंक घटेको छ।