मंगलबार नेप्से परिसूचक १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। सोमबार ३ अर्ब ८२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ५२ हजार ३८७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ८ प्रतिशत घटेको छ। त्यसैगरी, मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले २० प्रतिशत बोनस शेयर र १६.८४२१ प्रतिशत नगद लभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्। त्यस्तै, यस दिन ग्लोबल आइएमई बैंकको करिब ३१ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको करिब २३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहकाे परिसूचक १ प्रतिशत बढेकाे छ। कारोबारमा आएको लघुवित्त र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।