नेप्से सामान्य अंकले सकारात्मक, कारोबार रकममा भने गिरावट

Nov 19, 2026 03:08 PM Merolagani



बिहीबार नेप्से परिसूचक सामान्य अंक सकारात्मक भएर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्से यस दिन भने सकारात्मक भएर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३.६२ अंक बढेर २६२८.६७ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४७ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको ९४ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बोटलर्स नेपालको शेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य यस दिन सर्वाधिक ५.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ मंसिर ११ गते बुकक्लोज गर्दैछ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशत बढेको छ। बैंकिङ्ग, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक बढेको छ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।