सामसङद्वारा फ्यानका लागि नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लाटफर्म सुरु

Jul 22, 2024 06:00 PM Merolagani



इलेक्ट्रोनिक्स कम्पनी सामसङले ओलम्पिक विन्टर गेम्स् नागानो १९९८ देखि रहेको ओलम्पिकसँगको वायरलेस सञ्चार उपकरण वर्गमा आधिकारिक विश्वव्यापी साझेदारको परम्परालाई जारी राखेको छ। 

नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन जनाउँदै, सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग जनतालाई जोड्न समर्पित नयाँ वेबसाइट सुरु गरेको छ। यस प्लाटफर्मले पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरभ जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने प्रयासमा खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङद्वारा यस वेबसाइटबाट प्रदान गरेको छ। आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन यो वेबपेजमा गएर त्यहाँ आफूलाई मन परेको खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सकिनेछ। यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइने भएकाे छ।

यसपटक ग्यालेक्सी एआईद्वारा सञ्चालित नवीन प्रविधि मार्फत, पेरिस २०२४ ओलम्पिकसँगको सहकार्यमा, सामसङले खेलाडीहरू र फ्यानहरू बिचको सम्बन्ध बढाउन समर्पित रहेकाे कम्पनीले जनाएकाे छ।

पेरिस २०२४ ओलम्पिकको लागि संसार भेला हुँदै गर्दा, सामसङले यस ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न सबैलाई निम्ताे दिएकाे छ। खेलाडीहरूको उपलब्धिहरूलाई मान्यता दिन र खेलको एकीकृत गर्ने शक्ति मार्फत् नवीनतम प्राविधिक आविष्कारहरू अन्वेषण गर्न सामसङसँग सामेल हुन कम्पनीले अनुराेध गरेकाे छ।

विश्व मञ्चमा उत्कृष्टताका लागि प्रयासरत नेपाली खेलाडीहरूलाई आफ्नो विशेष समर्थनको सन्देश पठाउन www.samsungplaza.com.np/olympics मा जानुपर्नेछ। 




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।