प्रि ओपन सेसन अपडेटः साढे ११ अंक बढ्यो नेप्से

Jul 31, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३५.५५ अंक बढेर २६९६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ११.५९ अंक बढेर २७०८.२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.३२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ८८ स्टकको २१३ पटकको कारोबारमा १ करोड २३ लाख ५३ हजार ९ रुपैयाँ २० पैसाबराबरको १६ हजार १०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६३ स्टकको मूल्य बढेको छ भने १२ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM

मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।