पेट्राेल, मट्टितेल र डिजेलकाे मूल्य घट्याे

Jul 31, 2024 09:37 PM Merolagani



नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । भारतबाट पेट्राेलमा प्रति लिटर ९८ पैसा, डिजेलमा २ रुपैयाँ २८ पैसा, मट्टितेलमा ३ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा तथा एलपीजी ग्याँसमा ६ रुपैयाँ ९७ रुपैयाँ घटेर नयाँ दर रेट आएपछि निगमले मूल्य घटाएकाे हाे ।

निगमले हाललाई पेट्राेलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएकाे छ भने हवाई इन्धन र एलपीजी ग्याँसकाे मूल्य यथावत राखिएकाे छ । नयाँ मूल्य अनुसार अब पेट्राेल प्रति लिटर १ सय ७० रुपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर १ सय ५८ रुपैयाँ कायम भएकाे छ ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।