पेट्राेल, मट्टितेल र डिजेलकाे मूल्य घट्याे

Jul 31, 2024 09:37 PM Merolagani



नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । भारतबाट पेट्राेलमा प्रति लिटर ९८ पैसा, डिजेलमा २ रुपैयाँ २८ पैसा, मट्टितेलमा ३ रुपैयाँ २८ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ३१ पैसा तथा एलपीजी ग्याँसमा ६ रुपैयाँ ९७ रुपैयाँ घटेर नयाँ दर रेट आएपछि निगमले मूल्य घटाएकाे हाे ।

निगमले हाललाई पेट्राेलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ मूल्य घटाएकाे छ भने हवाई इन्धन र एलपीजी ग्याँसकाे मूल्य यथावत राखिएकाे छ । नयाँ मूल्य अनुसार अब पेट्राेल प्रति लिटर १ सय ७० रुपैयाँ तथा डिजल र मट्टितेल प्रति लिटर १ सय ५८ रुपैयाँ कायम भएकाे छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।