लाभांशको सिजन सुरु, म्युचुअल फण्डहरुले धमाधम घोषणा गर्न थाले, अन्य कम्पनीको कहिले?

Aug 01, 2024 01:09 PM Merolagani



शेयर बजारका लगानीकर्ताको लागि लाभांशको सिजन सुरु भएको छ। आर्थिक वर्ष सकिएसँगै म्युचुअल फण्डहरुले धमाधम लाभांश घोषणा सुरु गरेका हुन्।

बुधबारदेखि म्युचुअल फण्डहरुले धमाधम लाभांश घोषणा सुरु गरेका छन्। बुधबार नै २ बन्दमुखी र एक खुल्लामुखी म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन्।

लक्ष्मी क्यापिटलले सञ्चालन गरिरहेको म्युचुअल फण्डका इकाइधनीलाई प्रतिफल घोषणा गरिसकेको छ। "लक्ष्मी उन्नती कोष” का इकाईधनीहरुले कर सहित ७.५% र “लक्ष्मी भ्यालु फण्ड २” का इकाईधनीहरुले कर सहित ४.५% प्रतिफल पाउने भएका छन्। क्यापिटलले बुधबार लाभांश घोषणा गरेको हो।

यसैगरी एनआईसी एशिया क्यापिटलको एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई १४ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीहरुलाई १०.५० प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डका इकाईधनीहरुलाई ९.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यस्तै, एनआईसी एशिया ब्यालेन्स्ड फण्डका इकाईधनीहरुलाई ९.२५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यी क्यपिटलहरुले खलामुखी योजनाहरुको समेत प्रतिफल घोषणा गरेका छन्। एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

यता लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, शुभ लक्ष्मी कोषले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

आर्थिक वर्ष सकिएसँगै गत आर्थिक वर्षको कमाइबाट म्युचुअल फण्डहरुले इकाइधनीलाई प्रतिफल वितरण गर्न थालेका हुन्। अन्य म्युचुअल फण्डहरुले पनि धमाधम इकाइधनीलाई प्रतिफल घोषणा गर्ने तयारी गरिरहेका छन्।

यस्तै नेप्सेमा सूचीकृत अन्य कम्पनीहरु पनि शेयरधनीलाई प्रतिफल घोषणा गर्न वित्तीय विवरण अडिटको काम थालिसकेका छन्। केहि कम्पनीले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।

कम्पनीहरुले गत वर्षको अडिट सकिएपछि मात्रै शेयरधनीलाई लाभांश घोषणा गर्न पाउछन्। बैंंकहरुले पनि अर्को साताभित्र नै अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने छ।

वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीहरु विवरण अडिट गर्नेतर्फ लाग्नेछन्। अडिट सकिएलगतै अन्य कम्पनीहरुले समेत शेयरधनीलाई प्रतिफल घोषणा सुरु गर्ने छन्।

विगतका वर्षहरुमा पनि केहि कम्पनीहरुले दसैं अघि नै लाभांश घोषणा गरी साधारणसभाबाट पारित गराएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेका छन्।




comments powered by Disqus

दुई जीवन बीमाले घोषणा गरे २० प्रतिशत माथि लाभांश, अन्यको कति ?

Jan 31, 2025 12:46 PM

बैंक तथा वित्तीय संस्थाहरुको लाभांश घोषणा क्रम करिब सकिएपछि बीमा कम्पनीहरुले विस्तारै लाभांश घोषणा गर्न थालेका छन्। अहिलेसम्म नेप्सेमा सुचीकृत १४ वटा बीमा कम्पनीमध्ये २ वटा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन्।