मुक्तिनाथ विकास बैंकको खुद नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कति?

Aug 05, 2024 08:46 AM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज सामान्य घटेका कारण बैंकको खुद नाफा सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०८ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज सामान्य बढेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १८ रुपैयाँ १५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड १८ लाख रुपैयाँ रहेको छ।

७ अर्ब ४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५.७५ प्रतिशत घटेको छ भने कर्जा २.७१ प्रतिशत घटेको छ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।