नाफासँगै बढ्यो महालक्ष्मी विकास बैंकको प्रतिशेयर आम्दानी

Aug 05, 2024 09:57 AM Merolagani



महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.५२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद फि तथा कमिशन आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको होे।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २२ पैसा बढेर ११ रुपैयाँ २७ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात ३१.३२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १७ करोड ७१ लाख रुपैयाँ रहेको छ।

४ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.२१ प्रतिशत बढेको छ भने कर्जा ८.८६ प्रतिशत बढेको छ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।