दुई कम्पनीको शेयरमूल्य समायोजन

Aug 08, 2024 05:52 AM Merolagani



साउन २४ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेशनल लाइफ इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै, नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले नेशनल लाइफ (NLICL) को ४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने सूर्योदय वोमी लघुवित्तको १४.००५१४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।समायोजनपश्चात नेशनल लाइफको शेयरमूल्य ७०५ रुपैयाँ ७७ पैसा र सूर्योदय वोमीको शेयरमूल्य १ हजार १३ रुपैयाँ ११ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा नेशनल लाइफ इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७३४ रुपैयाँमा सूर्योदय वोमी लघुवित्त (SWMF) को शेयर १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार सोही समायोजित मूल्यका आधारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।

नेशनल लाइफ इन्स्योरेन्सले भदौ ७ गते, शुक्रबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा ३६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सूर्योदय वोमी लघुवित्तले साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु स्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बाह्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले एफपीओ निष्काशनपश्चात कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।