अझै घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकले दिन्छ सबैभन्दा बढी ब्याज?

Aug 16, 2024 09:17 AM Merolagani



वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्।

भदौ महिनामा बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ६.४९ प्रतिशतविन्दु रहेको छ। यो साउन महिनाको तुलनामा ०.२३ प्रतिशतविन्दु कम हो। साउन महिनामा बैंकहरुको यस्तो ब्याजदर ६.७२ प्रतिशतविन्दु थियो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२४ प्रतिशतविन्दु घटेको छ।

सूचना प्रकाशित गरेका १८ बैंकहरुमध्ये १३ बैंकहरुले ब्याजदर घटाएका छन् भने ४ बैंकहरुले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन्। बाँकी १ बैंकले भने ब्याजदर बढाएको छ।

एनआईसी एशिया र एनएमबिले दिन्छ सबैभन्दा बढी ब्याज

भदौ महिनामा एनआईसी एशिया र एनएमबि बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा यी बैंकहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका छन्। सबैभन्दा कम ब्याज दिने बैंक भने नेपाल बैंक रहेको छ। यस्तो निक्षेपमा सो बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।