विद्युत बिक्री आम्दानी बढेसँगै रिभर फल्स पावर नाफामा

Aug 27, 2024 08:41 AM Merolagani
3



रिभर फल्स पावर लिमिटेड (RFPL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा थियो भने गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ करोड ४१ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १४ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी, गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बढेर १८ करोड २४ लाख पुगेको छ। सो अवधिसम्ममा कम्पनीको अन्य आम्दानी १४ करोड ६५ लाख रुपैयाँ रहेको छ भने वित्तीय खर्च १८ करोड ४४ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ १४ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.८७ गुणा रहेको छ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ९ लाख ९४ हजार रुपैयाँ छ। कम्पनीले २०८० साउन २५ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको हो।




मेयर बालेनले ‘स्टण्ट’ गर्न असम्वन्धित व्यक्तिलाई पत्र काटेको ठहरसहित निर्मल निवासले जवाफ नदिने, जरिवाना पनि नतिर्ने !

Mar 29, 2025 06:54 PM

तीनकुनेमा शुक्रबार प्रदर्शनका क्रममा भएको क्षतिको जरिवाना भन्दै महानगरपालिकाले पत्र काटेपनि पूर्वराजाले भने त्यो जरिवाना नतिर्ने भएका छन् । ‘महानगरपालिकाले आइतबार बुझाउने भनेकोमा जुनसुकै कारण देखाएपनि उक्त जरिवाना श्री ५ बाट तिर्ने कुरै हुँदैन’ पूर्वराजा ज्ञानेन्द्र शाह निकट स्रोतले मेरो लगानीसंग भन्यो ।