अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड ९१ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षमा ४५ लाख रुपैयाँ मात्र नोक्सानीमा रहेको छ।
कम्पनीको विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.२२ प्रतिशत बढेर ८ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १०.९५ प्रतिशत बढेको छ भने कुल नाफा १४.८४ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ३२.१९ प्रतिशत घटेको छ।
असार मसान्तसम्ममा २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा तथा सञ्चित नाफा २५ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ रुपैयाँ ४० पैसा रहेको छ।
