मनकामना इन्जिनियरिङ्गको नोक्सानी घट्यो

Aug 03, 2025 09:22 AM Merolagani



मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड (MEHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ४ करोड १६ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ७ लाख नोक्सानीमा रहेको छ।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १०.११ प्रतिशत र कुल नाफा ७.२९ प्रतिशत बढेको छ। कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा ८३३.७५ प्रतिशत बढेको छ भने वित्तीय खर्च २६.८२ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ७७ पैसा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।