प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Sep 02, 2024 10:52 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५३.६३ अंक घटेर २६९५.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.०६ अंक बढेर २६९८.०० विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३३ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४१ स्टकको ८३ पटकको कारोबारमा १६ लाख ४२ हजार ६५७ रुपैयाँ १० पैसाबराबरको २ हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।