उच्च विन्दुमा पुगेर झर्यो डलरको भाउ, अन्य देशहरुको विनिमयदर कति?

Sep 05, 2024 07:04 AM Merolagani



भदौ १९ गते, बुधबार, उच्च विन्दुमा पुगेको डलरको मूल्य, भदौ २० गते, बिहीबार घटेको छ। बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको थियो। यो मूल्य हालसम्मकै उच्च मूल्य हो। यस अघि गत साउन २९ र ३० गते पनि डलर सो मूल्यमा पुगेको थियो। यस दिन डलरको खरिददर भने १३४ रुपैयाँ ६ पैसा रहेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४७ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४८ रुपैयाँ ६४ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४६ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ६९ पैसा र बिक्रीमा ३० रुपैयाँ ८३ पैसा पाइन्छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।