उच्च विन्दुमा पुगेर झर्यो डलरको भाउ, अन्य देशहरुको विनिमयदर कति?

Sep 05, 2024 07:04 AM Merolagani



भदौ १९ गते, बुधबार, उच्च विन्दुमा पुगेको डलरको मूल्य, भदौ २० गते, बिहीबार घटेको छ। बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको थियो। यो मूल्य हालसम्मकै उच्च मूल्य हो। यस अघि गत साउन २९ र ३० गते पनि डलर सो मूल्यमा पुगेको थियो। यस दिन डलरको खरिददर भने १३४ रुपैयाँ ६ पैसा रहेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४७ रुपैयाँ ९८ पैसा र बिक्रीमा १४८ रुपैयाँ ६४ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ ०१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४६ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ६९ पैसा र बिक्रीमा ३० रुपैयाँ ८३ पैसा पाइन्छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।