प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

Sep 05, 2024 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ९०.७३ अंक घटेर २७३९.४६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७४ अंक घढेर २७४०.२१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१३ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ४७ स्टकको ७६ पटकको कारोबारमा २५ लाख ८० हजार ४४८ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ५६७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २० स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।