‘पर्ख र हेर’ को अवस्थामा
हाल बैंकको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ७५० देखि ७६४ सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ६५२ देखि ६६७ को क्षेत्रमा टेवा पाउने देखिन्छ।
खरिदकर्ता हाबी
यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले साताको सुरुवातमा बैंकको शेयरमा बिक्रीकर्ता हाबी भएपनि अन्त्यतिर भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।
एआई सिग्नल
मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म ८ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ७ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने एकमा स्टप लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।
बलियो भोल्यूम
यस साता शेयरमूल्यसँगै भोल्यूम पनि बढेको छ। यस साता बैंकको दैनिक औषतमा १ लाख १ हजार २९१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन बैंकको २० दिने औषत भोल्यूम ८८ हजार ६०३ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा यस साताको दैनिक औषत भोल्यूम १४.३२ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
यस साता बैंकको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। त्यस्तै, यी दुबै रेखा शून्य रेखाभन्दा माथि रहेको छ। यसका साथै बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा बढ्दो क्रममा रहेको छ। यसले बजारमा बैंकको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।
खरिदबिक्री चाप सन्तुलनमा
यस साता बैंकको स्टकास्टिक आरएसआई न्यूट्रल जोनमा रहेको छ। यसले सो साता बैंकको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा २९ करोड ३७ लाख रुपैयाँ ऋणात्मक थियो।
इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै बैंक नाफामा पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १९ करोडबाट बढेर २० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको ४ करोड १३ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको सञ्चालन मुनाफा ८ करोड ५३ लाख रुपैयाँ रहेको छ।
सो अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा ३७ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ।
५५ करोड ७४ लाख ५६ हजार रुपैयाँ चक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष १८ करोड १७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६७ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३९ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात ६५.९४ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १०.३७ गुणा रहेको छ।
आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको ५५ लाख ७४ हजार ५६०.६७ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ४३४ रुपैयाँ ६९ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ७४० रुपैयाँ रहेको छ भने न्यून मूल्य २३४ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण ३ अर्ब ८९ करोड ६६ लाख १७ हजार ९०८ रुपैयाँ ३३ पैसा रहेको छ।
ब्रोकर ३९ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ३९ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको १ लाख ४२ हजार ३०७ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ७१ ले बैंकको २५ हजार ९५ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ४२ नम्बर रहेको छ। सो बैंकले यस साता बैंकको २७ हजार ७९४ कित्ता शेयर बिक्री गरेको छ।
एक्सट्रीम ग्रीड जोन
फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले एक्सट्रिम ग्रीड जोनमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु बैंकको शेयरमूल्य अझै बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ। यद्यपि, बैंकको शेयरमूल्य अहिले सो जोनको पुछार नजिक पुगिसकेकोले कुनै बेला पनि बैंकको शेयरमूल्य घट्न सक्ने सम्भावना पनि देखाउँछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)