प्रतिरोध परीक्षणमा
यस साता लघुवित्तको शेयरमूल्यले प्रतिरोध परीक्षण गरेको छ। यस साता लघुवित्तको शेयरमूल्यले १४७० देखि १५३० को प्रतिरोध क्षेत्र परीक्षण गरेको हो। आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा १६५५ देखि १७३५ को क्षेत्रमा प्रतिरोधको सामना गर्नेछ। तर सो क्षेत्रमा प्रतिरोधको सामना गरी ओरालो लागेमा १२६० देखि १३१० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
बियरिश रिभर्सल
साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले ग्रेभस्टोन डोजी मैनबत्ती बनाएको छ। यो एक बियरिश रिभर्सल मैनबत्ती हो। यसले आगामी दिनमा लघुवित्तको शेयरमूल्य घट्ने संकेत गर्दछ। साप्ताहिक रुपमा लघुवित्तको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो साता लघुवित्तको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
बलियो भोल्यूम
यस साता लघुवित्तको शेयरमूल्य बढेसँगै भोल्यूम पनि बढेको छ। यस साता लघुवित्तको दैनिक औषतमा ७ हजार ५६० कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन लघुवित्तको २० दिने औषत भोल्यूम ४ हजार ७१५ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा लघुवित्तको गत साताको दैनिक औषत भोल्यूम ६०.३३ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
यस साता लघुवित्तको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ। यसका साथै यी दुबै रेखा र हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले यस साता लघुवित्तको शेयर बुलिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।
खरिद चाप बढी
यस साता लघुवित्तको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले सो साता लघुवित्तको शेयर बिक्री चापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ४७ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ९०.३२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ५ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
असोज मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३० करोड ४४ लाख रुपैयाँ छ। यो शतप्रतिशत भन्दा धेरैले बढेको हो। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा १४ करोड ९७ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको यस्तो मुनाफा ९०.३२ प्रतिशत बढेको हो।
चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ४० करोड रुपैयाँ जम्मा छ । यस अवधिसम्ममा ५६ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य वित्तीय संस्थाबाट ऋण गरेर २१ अर्ब २९ करोड ४७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
पहिलो त्रैमाससम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३५ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ७५ पैसा छ। साताको अन्तिम कारोबार मूल्य अनुसार लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.७६ गुणा र प्राइस टु बुकभ्यालु रेशियो ६.२१ गुणा रहेको छ।
आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल लघुवित्तको १ करोड १६ लाख ५५ हजार २२० कित्ता शेयर सूचीकृत छ। लघुवित्तको १८० दिने औषत मूल्य १ हजार ४५६ रुपैयाँ ९० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ७२७ रुपैयाँ रहेको छ भने न्यून मूल्य ९०५ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण १७ अर्ब ९२ करोड ५७ लाख २८ हजार ३६० रुपैयाँ रहेको छ।
ब्रोकर ८१ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ८१ ले लघुवित्तको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता लघुवित्तको ६ हजार ११२ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४९ ले लघुवित्तको २ हजार कित्ताभन्दा बढी शेयर खरिद गरेको छ। लघुवित्तको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर ४९ रहेको छ। यस साता सो ब्रोकरले लघुवित्तको ३ हजार कित्ता शेयर बिक्री गरको छ।
मूल्य बढ्ने अपेक्षा कम हुँदै
फियर एण्ड ग्रीड मिटरमा लघुवित्तको शेयर अहिले ग्रीड जोनबाट बिस्तारै न्यूट्रल जोनतर्फ झरिरहेको छ। यसले बजारमा लगानीकर्ताहरुमाझ लघुवित्तको शेयर अझै मूल्य बढ्छ भन्ने अपेक्षा पहिलेको तुलनामा केही घटेको संकेत गर्दछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)