सेकेन्डरी ट्रेण्डलाइन नजिक कन्सोलिडेशन
कम्पनीको शेयरमूल्य हाल सेकेन्डरी ट्रेण्डलाइन नजिक कन्सोलिडेशनको अवस्थामा रहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य ओरालो लागेमा ७२० देखि ७६० को क्षेत्रमा टेवा पाउने देखिन्छ। साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्यले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य कता जान्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ।
मुभिङ एभरेज र रेसिस्टेन्सको दबाब
हाल कम्पनीको शेयरमूल्य १० दिने, २५ दिने, ५० दिने र १०० दिने अवधिको मुभिङ एभरेजहरुभन्दा तल कारोबार भइरहेको छ। आगामी दिनमा कम्पनीको शेयरमूल्य बढ्नका लागि यी रेखाहरु प्रतिरोध बनेको छ। यी प्रतिरोध तोडेर उकालो लागेमा कम्पनीको शेयरमूल्यले १००० देखि १०४० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

एआई सिग्नल
मेरोलगानी एआईले हालसम्म कम्पनीको शेयरमा ९ पटक बाई सिग्नल दिइसकेको छ। जसमध्ये ४ सिग्नलमार्फत लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ५ सिग्नलमा स्टप लस गर्नु परेको थियो। हाल मेरोलगानी एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।

सुस्त भोल्यूम
गत साता कम्पनीको दैनिक औषत भोल्यूम, २० दिने औषत भोल्यूमभन्दा कम रहेको छ। खरिदकर्ता र बिक्रीकर्ता दुबैतर्फ ठुलो उत्साह नदेखिदा कारोबार रकम सुस्त बनेको हो।

बियरिश प्रवृत्ति
गत साता कम्पनीको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल शून्य रेखा नजिक रहेको छ। त्यस्तै, कम्पनीको हिस्टोग्राम नकारात्मक क्षेत्रमा रहेको छ। यसले हाल कम्पनीको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

खरिदबिक्री चाप सन्तुलनमा
साताको अन्तिम कारोबार दिन स्टकास्टिक आरएसआईमा कम्पनीको शेयरमूल्य न्यूट्रल जोनमा पुगेको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ८४ करोड २ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यद्यपि, गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मात्रै भने कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ। तर, अघिल्ला त्रैमासहरुमा परेको भारी दाबी भुक्तानीको असरका कारण ९ महिनाको समग्र नतिजा घाटामा नै रहेको हो।
कम्पनीको खुद दाबी भुक्तानी खर्चमा भएको वृद्धि नै मुख्य कारण बनेको छ। गत वर्ष ५ अर्ब १७ करोड रुपैयाँ रहेको खुद दाबी भुक्तानी खर्च समीषा अवधिमा बढेर १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ। साथै, बैंक तथा वित्तयि संस्थाहरुमा ब्याजदर घट्दा कम्पनीको लगानीबाट हुने आम्दानी ९४ करोड २६ लाख रुपैयाँबाट घटेर ४७ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। खुद आर्जित बीमाशुल्क पनि ७ अर्ब ११ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा झरेको छ।
कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ। भारी नोक्सानीका कारण कम्पनीको सञ्चित जगेडा कोष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँ ऋणात्मक बनेको छ।

कम्पनी घाटामा गएपछि यसको प्रतिशेयर आम्दानी ५८ रुपैयाँ २ पैसा ऋणात्मक बनेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको प्राइस टु बुकभ्यालु रेशियो ७.५१ गुणा रहेको छ।

आधारभुत अवस्था
हाल नेप्सेमा कम्पनीको १३ करोड ४२ लाख २१ हजार ८७०.७८ कित्ता शेयर सूचीकृत छन्। कम्पनीको १८० दिने औषत मूल्य ८९७ रुपैयाँ ८६ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य १ हजार ३७० रुपैयाँ रहेको छ भने न्यून मूल्य ७५२ रुपैयाँ ४० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको कुल बजार पूँजीकरण १ खर्ब १० अर्ब ६ करोड १९ लाख ३४ हजार ३९ रुपैयाँ ६० पैसा रहेको छ।
कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमति अनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हाल कायम चुक्ता पूँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्तावसहित पुस ६ गते, सोमबार, कार्की ब्याङ्केट, बबरमहल, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा डाकेको छ।

ब्रोकर ५८ बाट सर्वाधिक खरिदबिक्री
गत साता ब्रोकर नम्बर ५८ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको ११ हजार ३६० कित्ता शेयर खरिद गरेको हो। त्यसैगरी, सो साता सोही ब्रोकरले कम्पनीको सबैभन्दा बढी शेयर बिक्री गरेको छ। सो ब्रोकरले गत साता कम्पनीको १० हजार ७६९ कित्ता शेयर बिक्री गरेको छ।

मूल्य घट्ने डर
फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरुमा कम्पनीको शेयरमूल्य घट्छ भन्ने डर रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)