प्रतिरोध परीक्षणमा
यस साता कम्पनीको शेयरमूल्यले ७१५ देखि ७४५ को प्रतिरोध क्षेत्र परीक्षण गरेको छ। यस साताको बुधबार कम्पनीको शेयरमूल्यले सो प्रतिरोध परीक्षण गरेको हो। साताको दोस्रो कारोबार दिन नै ६३० देखि ६६० को प्रतिरोध क्षेत्र तोडेर उक्लिएको कम्पनीको शेयरमूल्य सो क्षेत्रभन्दा माथि टिक्न संघर्ष गरिरहेको छ। आगामी साता ६३० देखि ६६० को प्रतिरोध क्षेत्र माथि टिक्न नसकि ओरालो लागेमा कम्पनीको शेयरमूल्यले ५२० देखि ५४० को क्षेत्रमा टेवा पाउने देखिन्छ। तर सो क्षेत्रबाट उकालो लागेमा भने ७१५ देखि ७४५ को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।
खरिदकर्ता हाबी
साप्ताहिक रुपमा यस साता कम्पनीको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो साता कम्पनीको शेयरमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन भने कम्पनीको शेयरमूल्यले बियरिश मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
एआई सिग्नल
मेरोलगानी एआई चार्टले कम्पनीको शेयरमा हालसम्म ७ पटक बाइ सिग्नल दिएको थियो। जसमध्ये सबै सिग्नलबाट लगानीकर्ताहरुले नाफा कमाएका थिए। हाल एआईले कम्पनीको शेयरमा कुनै सिग्नल दिएको छैन।
बलियो भोल्यूम
यस साता कम्पनीको भोल्यूम पनि बलियो रहेको छ। यस साता दैनिक औषतमा कम्पनीको ९४ हजार ७६१ कित्ता शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन कम्पनीको २० दिने औषत भोल्यूम ४७ हजार ६७६ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा कम्पनीको दैनिक औषत भोल्यूम ९८.७६ प्रतिशत बढी हो।
बुलिश प्रवृत्ति
यस साता कम्पनीको शेयरमूल्य बुलिश प्रवृत्तिमा रहेको छ। कम्पनीको एमएसिडी रेखा सिग्नल रेखाभन्दा माथि रहेको छ भने हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यद्यपि, साताको अन्तिम कारोबार दिन एमएसिडी रेखा र सिग्नल रेखा बीचको दूरी थोरै साँघुरिएको छ भने हिस्टोग्रामको उचाई पनि घटेको छ।
खरिद चाप बढी
साताको अन्तिम कारोबार दिन कम्पनीको स्टकास्टिक आरएसआई ओभरबट जोनमा रहेको छ। यसले बजारमा कम्पनीको शेयरमा बिक्रीचापको तुलनामा खरिद चाप बढी रहेको संकेत गर्दछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १११.४४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्री आम्दानी सामान्य बढेपनि वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ करोड १७ लाख रुपैयाँबाट बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा भने ४ करोड ७ लाखबाट घटेर ३ करोड ९२ लाखमा झरेको छ। कम्पनीको वित्तीय खर्च २ करोड १५ लाख रुपैयाँबाट घटेर १ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
५३ करोड ६४ लाख ८६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भन १८ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ १६ पैसा रहेको छ। सो अवधिसम्ममा कम्पनीको बुकभ्यालु ६५ रुपैयाँ ७२ पैसा रहेको छ। यस साताको अन्तिम कारोबार मूल्य आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात ७३.०३ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो १०.१८ गुणा रहेको छ।
आधारभूत विश्लेषण
हाल नेप्सेमा कम्पनीको ५३ लाख ६४ हजार ८६० कित्ता शेयर सूचीकृत छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको कुल बजार पूँजीकरण ३ अर्ब ५८ करोड ९० लाख ९१ हजार ३४० रुपैयाँ रहेको छ। कम्पनीको १८० दिने औषत मूल्य ५४१ रुपैयाँ ८५ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको ५२ हप्ताको उच्च मूल्य ७४२ रुपैयाँ रहेको छ भने न्यून मूल्य २७१ रुपैयाँ ९० पैसा रहेको छ।
ब्रोकर ६४ बाट सर्वाधिक खरिदबिक्री
यस साता ब्रोकर नम्बर ६४ ले कम्पनीको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता कम्पनीको ९४ हजार ४८६ कित्ता शेयर खरिद गरेको छ। त्यस्तै, यस साता ब्रोकर नम्बर २८ ले कम्पनीको ४५ हजार ६५३ कित्ता शेयर खरिद गरेको छ। यस साता ब्रोकर नम्बर ६४ ले नै कम्पनीको सबैभन्दा बढी ३० हजार ४३२ कित्ता शेयर बिक्री गरेको छ।
मूल्य बढ्ने अपेक्षा
यस साता फियर एण्ड ग्रीड मिटरमा कम्पनीको शेयरमूल्य ग्रीड जोनमा रहेको छ। यसले लगानीकर्ताहरु कम्पनीको शेयरमूल्य बढ्छ भन्ने अपेक्षामा रहेको संकेत गर्दछ।
(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)