प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक बढ्यो नेप्से

Sep 11, 2024 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.०९ अंक घटेर २६३२.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.३५ अंक बढेर २६३६.२९ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४८ स्टकको ६६ पटकको कारोबारमा १६ लाख ५१ हजार ४३० रुपैयाँ ८० पैसाबराबरको २ हजार ६६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।