निजी क्षेत्रलाई प्रोत्साहन र राजस्व–जिडीपी अनुपातलाई २३.५ प्रतिशत पुर्याउने महत्वाकांक्षी लक्ष्यसहित ५ वर्षे आन्तरिक राजस्व परिचालन रणनीति लागू

Sep 11, 2024 04:58 PM mero lagani



अर्थमन्त्रालयले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ लागू गरेको छ । आर्थिक वर्ष २०८१-८२ देखि आर्थिक वर्ष २०८५-८६ सम्मका लागि राजस्व परिचालन रणनीति लागू गरेको हो । 

राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारको आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानुन र सञ्चालन प्रणालीहरूका बिचमा तालमेल मिलाउनु, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता बढाउनु तथा कर र भन्सार प्रशासनलाई स्वचालित प्रणालीबाट संचालन गर्ने लगायतका रणनीतिका उद्देश्य छन् ।

रणनीतिमा हाल १८ दशमलव ९ प्रतिशत रहेको राजस्व–जिडीपी अनुपातलाई आव २०८५-८६ को अन्त्यसम्म २३ दशमलव ५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । यो लक्ष्यलाई अर्थमन्त्रालयकै अधिकारीहरु निकै चुनौतिपूर्ण लक्ष्य भएको बताउँछन् ।

यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ । 




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।