प्रि ओपन सेसन अपडेटः करिब १० अंक बढ्यो नेप्से

Sep 15, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १० अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७८.३१ अंक बढेर २६८८.५३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ९.९८ अंक बढेर २६९८.५१ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७० अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ७२ स्टकको १६५ पटकको कारोबारमा १ करोड ५३ लाख ८१ हजार ७३ रुपैयाँ ४० पैसाबराबरको २६ हजार ८२० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५१ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




वाणिज्य बैंकहरुले चैत महिनाका लागि पनि घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Mar 14, 2026 10:40 AM

वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुको अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको छ।