निक्षेपकर्ताले ३ महिने मुद्दती निक्षेपमा पाउने ब्याजदर निकै न्युन, सस्तो ब्याजदरमा लामो समयको लागि रकम जोहो गर्दै बैंक

Sep 17, 2024 11:38 AM Merolagani



निक्षेपकर्ताले ३ महिने मुद्दती निक्षेपमा पाउने ब्याजदर निकै कम देखिएको छ। बैंकहरुमा तरलता बढ्दै गएपछि बैंकहरुले ३ महिने मुद्दती निक्षेपमा महंगिदर भन्दा पनि कम ब्याज दिन थालेका छन्।

बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार असोज महिनामा ३ महिने मुद्दती निक्षेपमा साढे ३ प्रतिशतसम्म ब्याज झारेका छन्। २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । अहिले बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर नै त्यो भन्दा तल झारीदिएका छन्।

  • सस्तो ब्याजदरमा लामो समयको लागि रकम जोहो गर्दै

बैंकहरुले समय अनुसार फरक फरक ब्याजदर निर्धारण गरेर सस्तो ब्याजदरमा लामो समयको लागि निक्षेप उठाउन थालेका छन्। अहिले बैंकहरुले १० वर्ष अवधिसम्मको लागि ब्याजदर तोकेका छन्।

छोटो समयको लागि राखिने मुद्दती निक्षेपमा कम ब्याजदर राखेका छन् भने लामो अवधिको लागि राखिने मुद्दती निक्षेपमा केहि बढी ब्याज दिएका छन्।

हिमालयन बैंकले ३ महिने मुद्दती निक्षेपमा ३.५ प्रतिशत मात्रै ब्याज दिने जनाएको छ। तर उसले ५ देखि १० वर्ष सम्मको मुद्दती निक्षेपमा भने ७ प्रतिशत ब्याज दिने जनाएको छ।

केहि वर्ष अघिसम्म १ वर्षभन्दा माथिको मुद्दती निक्षेपको स्किम नै सार्वजनिक नगर्ने बैंकहरुले अहिले दशौं वर्षसम्मको स्किम सार्बजनिक गर्न थालेका छन्। यसले बैंकहरु लामो समयको लागि लगानीयोग्य रकम जोहो गर्न थालेको देखाउछ।

करिब डेढ वर्ष अघिसम्म बैंकहरुले एक वर्ष अवधिको मुद्दती निक्षेपमा नै १२ प्रतिशतसम्म ब्याज दिनु पनेको थियो। बैंकिङ प्रणालीमा छोटो समयमा नै तरलतामा उच्च उतारचढाव देखिने गरेको कारणले बैंकहरुको ब्याजदरमा पनि निकै धेरै उतारचढाव देखिन्छ। केहि वर्ष ब्याजदर न्युन विन्दुमा बसेपनि केहि समयपछि बैंकहरुमा लगानीयोग्य रकम कम हुँदै जाँदा ब्याजदर बढ्दै जाने अवस्था विगतमा पनि देखिन्छ। केहि वर्षपछि नै बैंकहरुले विगतको जस्तो दोहारो अंकको ब्याजदरमा नै निक्षेप उठाउनुपर्ने अवस्था समेत आउन सक्छ। यसले गर्दा अहिले नै बैंकहरु १० औ वर्षको लागि निक्षेप लिन थालेका छन्।

  • असोजमा ३ महिने निक्षेपमा अधिकाँशले ४ प्रतिशतको हाराहारी ब्याज दिने

बैंकहरुले प्रकाशित गरेको असोज महिनाको ब्याजदरमा अधिकाँश बैंकले ४ प्रतिशतको हाराहारी ब्याज दिनेगरी सूचना प्रकाशित गरेका छन्।

हिमालयन बैंकले ३.५ प्रतिशत मात्रै ब्याज दिने जनाएको छ भने कृषि विकास बैंक, नेपाल एसविआई बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत ब्याज दिने जनाएका छन्।

यता माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै ५.५ प्रतिशत ब्याज दिने जनाएको छ भने सिटिजन्स बैंकले ५.१५ प्रतिशत, प्रभु बैंकले ५.१ प्रतिशत ब्याज दिने भएको छ। एनआइसी एशिया बैंक, नबिल बैंक, प्राइम बैंक र सिद्धार्थ बैंकले भने ५ प्रतिशत ब्याज दिनेगरी सूचना प्रकाशित गरेका छन्।

३ महिने मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर औसतमा ४.५५ प्रतिशत छ।

  • लामो समयको लागि मुद्दतीमा पैसा राख्दा साढे ७ प्रतिशतसम्म ब्याज

३ महिने मुद्दती निक्षेपमा कम ब्याज दिएपनि लामो समयको लागि निक्षेप राख्दा भने बैंकहरुले दोब्बर ब्याज दिने जनाएका छन्। एनआइसी एशिया बैंकले लामो अवधिको लागि सबैभन्दा बढी ब्याज दिने जनाएको छ।

बैंकले ५ वर्ष माथिको मुद्दती निक्षेपमा ७.१८ प्रतिशत ब्याज दिने जनाएको छ। तर उसले ३ महिने मुद्दती निक्षेपमा भने ५ प्रतिशत ब्याज दिने जनाएको छ।

लामो अवधिको लागि बैंकहरुले मुद्दती निक्षेपमा औसतमा ६.३९ प्रतिशत ब्याज दिने भएका छन्। अधिकांश बैंकले २ वर्ष माथिको मुद्दती निक्षेपमा ६ प्रतिशतभन्दा धेरै ब्याज दिनेगरी ब्याजदर प्रकाशित गरेका छन्।

  • यस्ताे छ बैंकहरूले असाेजकाे लागि प्रकाशित गरेकाे लामा अवधिकाे लागि मुद्दती निक्षेपकाे उच्चतम ब्याजदर

 




comments powered by Disqus

एलन मस्कको एउटा शब्दले पाकिस्तानको ‘इगो हर्ट’, माफी नमागे परिणाम गम्भिर हुने चेतावनी

Jan 27, 2025 06:05 AM

भनिन्छ कसैले पनि कसैको ‘इगो हर्ट’ गर्नु हुँदैन । अर्थात जब कसैले अरु कसैको व्यवहारको कारण आफ्नो प्रतिष्ठामा आँच पुगेको महसुस गर्छ, तब उस्ले आफूले मौका पाउनासाथ त्यस्तो व्यक्तिसँग प्रतिशोध लिन्छ र त्यसले दुखद परिणाम निम्त्याउँछ ।