बाढी पहिरोले क्षति पुग्ने जलविद्युत कम्पनीको सङ्ख्या २० पुग्यो, कुन कम्पनीमा कति क्षति ?

Sep 29, 2024 04:06 PM merolagani



अविरल वर्षाका कारण मूलकभरका २० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ले उपलब्ध गराएको विवरण अनुसार उक्त सङ्ख्यामा क्षति पुगेको देखिएको हो।

संघका अनुसार थप क्षतिको विवरण आउन वाँकी छ। शनिवारसम्म उक्त सङ्ख्या १६ मात्रै थियो।

 

१. मान्डू हाइड्रोपावरद्वारा प्रवर्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको)

 

२. माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)

 

३. पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त)

 

४. साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्समा क्षति, उत्पादन बन्द)

 

५. सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माई खोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)

 

६. सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माई खोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारण लाइनमा क्षति)

 

७. फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युत् गृह पूर्णरुपमा क्षति)

 

८. सिउरी खोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)

 

९० सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लमजुङ, (पहुँच मार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)

 

१०. इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादिङ, (पहुँच मार्गमा ठुलो क्षति)

 

११. माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँच मार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)

 

१२. हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँच मार्गमा क्षति, प्रसारण लाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)

 

१३. सभा खोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर (पहुँच मार्ग, पावर हाउस पुरिएको, बाँधमा क्षति र अस्थायी पुल बगाएको)

 

१४. सभा खोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँच मार्गमा क्षति)

 

१५. लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँच मार्गमा क्षति)

 

१६. सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा एक्स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेली ब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको)

१७. लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । (बाँध, क्याम्प हाउस र पहुँच मार्गमा ठुलो क्षति । क्षतिको रकम यकिन हुन बाँकी ।)

 

१८. खानी खोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर ।(पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्विच यार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँच मार्ग धेरै ठाउँमा क्षत विच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।)

 

१९. टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर( पावर हाउस डुबेको, प्रसारण लाइनको टावर ढलेको, स्व्ीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँच मार्ग धेरै ठाउँमा क्षत विच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।)

 

२०. माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, सङ्खुवासभा( बाँध र पहुँच मार्गमा क्षति, करिब २ करोड रुपैयाँ बराबरको क्षति ।)

 




comments powered by Disqus

ब्रोकर भन्छन-'सबैको माग पुरा भयो, अब बजार बढ्छ', कारोबार रकम घट्नुको कारण भने यस्तो

Sep 30, 2024 06:11 PM

सुवास निरौला

सोमबार शेयर बजारको कारोबार मापक सूचक फराकिलो अंकले बढेपछि दोस्रो बजारमा पुनः शेयर बजार बढ्ने अनुमान आउन थालेका छन्। दोस्रो बजारमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएका ब्रोकर कम्पनीहरूले बजार बढ्ने प्रक्षेपण गर्न थालेका छन्।