नेप्सेले दियो वृद्धिलाई निरन्तरता, भोल्यूम पनि बढ्यो

Oct 07, 2024 03:08 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ३७.१३ अंक बढेर २६९०.७२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३४ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ७३ हजार ११९ पटकको कारोबारमा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दोल्ती पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन इष्टर्न हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ९९ रुपैयाँ ७० पैसा घटेर ८९७ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन कुमारी सबल योजनाको इकाईमूल्य करिब साढे ७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन चन्द्रागिरी हिल्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड २३ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब २४ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।