आशा लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

Oct 08, 2024 10:22 AM Merolagani



आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश, नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ।

 

राष्ट्र बैंकले लघुवित्तलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न स्वीकृती दिएको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




comments powered by Disqus

आइतबार देखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा आउँदै, कुन ब्रोकर कम्पनीले दिँदै छ सुविधा ?

Oct 04, 2024 01:33 PM

शेयर बजारका लगानीकर्ताले नयाँ टिएमएसबाट शेयर किन/बेच गर्न पाउने सपना आइतबार देखि पुरा हुने भएको छ। ब्रोकर नम्बर ३६ सेक्यूर्ड सेक्युरिटिजले आइतबारदेखि नयाँ टिएमएस फुलफ्लेजमा सञ्चालनमा ल्याउने भएको हो।