लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपाल सहित ३४ देशले गरे निन्दा

Oct 15, 2024 12:24 PM Merolagani



नेपालले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षको प्रत्याभूति दिन समेत आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेनाले शान्ति सैनिकको बेसमा जबरजस्ती घुसपैट गरी गोलाबारी गरिएको थियो । उक्त घटनामा नेपाल सहित ३४ देशहरूले दक्षिणी लेबनानमा रहेको शान्ति सैनिकको बेसमा भएको आक्रमणको विरोध गरेका हुन् । इजरायली सुरक्षा बल (आईडीएफ)ले भने आफ्ना घाइते सैनिकहरूलाई बाहिर निकाल्न युनिफिल पोजिशनमा प्रवेश गरेको बताएको छ ।

आइतबार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना प्रवेश गरेका थिए । सोमबार इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिक घाइते भएका छन् ।




comments powered by Disqus

भारतीय प्रसिद्ध व्यापारी रतन टाटाको ८६ वर्षको उमेरमा निधन

Oct 10, 2024 06:36 AM

टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो।