दशैँको विदा सकिएपछि खुलेकाे शेयर बजारः नेप्से बढ्याे, काराेबार रकम शिथिल

Oct 15, 2024 02:07 PM Merolagani



दशैँको विदा सकिएपछि खुलेकाे शेयर बजारमा खासै चार्म देखिएकाे छैन् । नेप्से बढेकाे छ भने काराेबार रकममा शिथिलता आएकाे छ ।

याे समाचार तयार पार्दासम्म नेप्से १५ अंकले बढेर २६८३ विन्दुमा पुगेकाे छ भने १ अर्ब ७५ रुपैयाँ बराबरकाे शेयर कारेबार भएकाे छ ।

आजबाट शेयर बजार तथा सरकारी कार्यालय खुलेका हुन। दशैँको विदा सकिए पनि दशैँ अझै सकिएको छैन । दशैँ मनाउन गाउँ गएकाहरु कर्मथलो भित्रिने क्रम जारी छ ।

आजबाट सरकारी कार्यालयहरु खुलेका छन् । सिंहदरबारमा पनि दशैँको बीचमा काठमाडौं उपत्यकामा रहेका र गाउँबाट फर्किसकेका कर्मचारी कार्यथलोमा आइपुगेको देख्न सकिन्छ ।

यद्यपि काठमाडौं उपत्यकाबाहिर दशैँ मनाउन गएका कर्मचारीहरु पनि दशैँ मनाएर जन्मथलोबाट कर्मथलो आउने क्रम बाक्लो छ ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।