दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

Oct 15, 2024 05:13 PM MeroLagani



नेपालमा चालु आवको पहिलो दुई महिनामा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आवको पहिलो दुई महिना भन्दा चालु आवको पहिलो दुई महिनामा रेमिट्यान्स रकम १५ दशमलब २ प्रतिशतले बढेर २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ ।


डलरमा हिसाब गर्दा चालु आवको पहिलो दुई महिनामा १ अर्ब ९६ करोड डलर पुगेको छ जुन अघिल्लो वर्षको पहिलो दुई महिनामा १ अर्ब ७३ करोड डलर मात्रै रहेको छ । चालु आवको भदौ मसान्तसम्म यो रकम डलरमा १८ दशमलब ७ प्रतिशतले बढकाे छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

Oct 15, 2024 11:01 AM

असोज २९ गते, मंगलबार अर्थात दशैं पछिको पहिलो कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको बढेको छ ।