डलरको भाउले फेरी बनायो नयाँ रेकर्ड

Oct 18, 2024 06:21 AM Merolagani



कात्तिक २ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८२ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।

यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ८० पैसा (बिक्रीदर) थियो। गत असोज २६ गते डलर सो मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४५ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४६ रुपैयाँ ५० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ४५ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८६ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३१ रुपैयाँ १४ पैसा र बिक्रीमा ३१ रुपैयाँ २८ पैसा पाइन्छ।




comments powered by Disqus

फेरि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको ब्याजदर कति?

Oct 16, 2024 09:23 AM

वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। जस अनुसार बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर, असोज महिनाको तुलनामा घटेको देखिएको छ।