डलरको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, अन्य देशको विनिमय दर कति?

Oct 24, 2024 08:51 AM Merolagani



कात्तिक ७ गते, बिहीबार, नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस अघि अघिल्लो दिन अर्थात बुधबार पनि डलरको मूल्यले रेकर्ड बनाएको थियो।

यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ २४ पैसा पुगेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४५ रुपैयाँ ३३ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७४ रुपैयाँ १० पैसा र बिक्रीदर १७४ रुपैयाँ ८८ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८९ रुपैयाँ २० पैसा र बिक्रीदर ८९ रुपैयाँ ५९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४८ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ७१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ८६ पैसा र बिक्रीमा ३१ रुपैयाँ पाइन्छ।




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।