सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Oct 19, 2024 06:16 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६६८.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता २.८९ प्रतिशत अर्थात ७७.१९ अंक बढेर २७४५.३६ विन्दुमा पुगेको छ।

यस साता तीन कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये तीनै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो।

त्यसैगरी, यस साता सेन्सेटिभ इण्डेक्स ३.११ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ३.१७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ प्रतिशत बढेको छ।

नेप्से बढेपनि यस साता दैनिक औषत कारोबार रकम भने घटेको छ। यस साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको छ। यो गत साताको तुलनामा १.७१ प्रतिशत घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ४० करोडको शेयर खरिदबिक्री भएको थियो। यस साता दैनिक औषत शेयर संख्या ३.४९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ६.०३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्त्यमा ४२ खर्ब ४२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब २२ करोड रुपैयाँ बढेर ४३ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.०६ प्रतिशत बढेको छ। गत साता ३२४०.७२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९६.४७ अंक बढेर ३४३७.१९ विन्दुमा पुगेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.७९ प्रतिशत बढेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३३४.८६ अंक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.५१ अंक बढेको छ।

यस साता नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्सको २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

यस साता इष्टर्न हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.१८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन गुडविल फाइनान्सको शेयरमूल्य करिब १३ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ। यस साता मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.२६ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मेगा म्युचुअल फण्ड १, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स्ड फण्ड ३ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, पाँचथर पावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।