नेप्सेसँगै घट्यो कारोबार रकम

Oct 21, 2024 03:07 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेप्से परिसूचक ५७.६५ अंक घटेर २६४०.२६ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ७२ हजार ४२५ पटकको कारोबारमा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन विन नेपाल लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.८२ प्रतिशत बढेको छ भने कालिका लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ङादी ग्रुप पावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन गुडविल फाइनान्सको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावर र कुमारी बैंकको साढे १७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने गुडविल फाइनान्सको कारोबार रकम १४ करोड नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।