गत साता करिब साढे १ प्रतिशत बढेको नेप्से, यस साता के होला?

Dec 29, 2024 06:43 AM Merolagani



गत साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २५९६.८२ विन्दुमा बन्द भएको नेप्से, गत साता १.३१ प्रतिशत अर्थात ३३.८९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन नेप्से घटेको थियो। सो साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से सामान्य अंक घटेको थियो।

 

‘पुलब्याक’

गत साता नेप्से परिसूचकमा सामान्य ‘पुलब्याक’ देखिएको छ। अघिल्लो साता घटेर २६०० विन्दुभन्दा तल झरिसकेको नेप्सेमा गत साता ‘पुलब्याक भएको हो। हाल नेप्सेको प्रतिरोध क्षेत्र २७३० देखि २७८० सम्म रहेको छ भने टेवा क्षेत्र २४४० देखि २५३० सम्म रहेको छ।

खरिदकर्ता हाबी

साप्ताहिक रुपमा गत साता नेप्सेले बुलिश मोरुबोजु मैनबत्ती बनाएको छ। त्यसैगरी, साताको अन्तिम कारोबार दिन नेप्सेले हरियो मैनबत्ती नै बनाएको छ। यसले गत साताको अन्तिम कारोबार दिन र गत साता बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

गत साता भोल्यूम भने कमजोर नै रहेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ४ अर्ब ८७ करोडको शेयर कारोबार भएको थियो। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ६ अर्ब ५३ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा गत साताको दैनिक औषत भोल्यूम २५.४२ प्रतिशत कम हो।

बियरिश प्रवृत्ति

गत साता नेप्सेको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल रहेको छ। यसका साथै यी दुबै रेखाहरु नकारात्मक क्षेत्रमा रहेका छन्। नेप्सेको हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले गत साता नेप्से बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने एमएसिडी रेखा र सिग्नल रेखाबीचको दूरी केही घटेको छ भने हिस्टोग्रामको उचाई पनि घट्दो क्रममा रहेको छ।

बिक्रीचाप बढी

गत साता स्टकास्टिक आरएसआईमा नेप्से परिसूचक ओभरसोल्ड जोनमा रहेको छ। यसले सो साता बजारमा खरिदचापको तुलनामा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।