नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम पनि घट्यो

Oct 24, 2024 03:08 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस नि पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक १८.२५ अंक घटेर २६२७.१४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ६१ हजार ७८५ पटकको कारोबारमा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८८ रुपैयाँ ८० पैसा घटेर ७९९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र आईसीएफसी फाइनान्सको करिब २५ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३६ प्रतिशत बढेको हो। कारोबारमा आएका बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।