संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन एनआईसी एशिया क्यापिटलद्वारा “अफर फर सेल (ओएफएस)” संचालन

Oct 28, 2024 05:05 PM Merolagani



एनआईसी एशिया क्यापिटल लिमिटेड(NICCL)ले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोश्रो बजारमा सुचिकृत भएका तथा सूचिकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।

सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा नेपालमा सूचिकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृया पुरा गर्नुपर्ने देखिन्छ । त्यसैगरी, सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवार गर्न निकै झन्झटिलो प्रकृया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि One Stop Solution उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले Offer for Sale (OFS)  Platform संचालनमा ल्याएको छ ।

जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत् कमन प्लाटफर्मबाट आफुले खरिद बिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत् उपलब्ध गराउनु पर्नेछ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउने छ ।

अफर सेल (Offer for Sale (OFS) )को विशेषता देहाय बमोजिम रहेका छन् ।

⦁ सहज बिक्री प्रकृया :

संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्नेछ ।

⦁ सहज खरिद प्रकृया :

कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजि दिने कार्य गर्ने छ ।

⦁ सुरक्षित र गोपनियता कायम रहने :

सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।

⦁ सहज र सर्वसुलभ :

सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सकिनेछ ।

⦁ खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुयसन रिपाेर्ट उपलब्ध गराइनेः

सम्बन्धित कम्पनीको भ्यालूएसन  गरेर संस्थापक समूहको शेयरको खरिद/बिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।

माथि उल्लेखित सेवा लिनको लागि क्यापिटलको वेभसाईट www.nicasiacapital.com  वा सोझै -ओएफएस प्लाटफर्म https://www.nicasiacapital.com/offer-for-sale मा क्लिक गरी कुन कम्पनीको संस्थापक समूहको शेयर खरिद वा बिक्री गर्न चाहेको हो सोको विवरण रितपूर्वक भरी आवेदन पेश गर्न सकिनेछ । साथै उक्त सेवा लिन तथा सेवा सम्बन्धमा थप जानकारीको लागि क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीलाई मोवाईल नं.९८५११८४९७९ वा इमेल ठेगाना info@nicasiacapital.com मा सोझै सम्पर्क गर्न सकिने छ ।

 




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।