तिहार अघि रातो भएर बन्द भयो शेयर बजार, कारोबार रकम ६ अर्ब नजिक

Oct 30, 2024 03:21 PM Merolagani



तिहार अघिकाे अन्तिम कारोबार दिन नेप्से सूचक १४.४३ अंकले घटेर बन्द भएको छ। तर कारोबार रकम भने मंगलबारकै हाराहारीमा भएकाे छ।

बुधबार नेप्से सूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा झरेको हो। यस दिन ५ अर्ब ९५ करोड ३९ लाख ५० हजार ७८७ रुपैयाँ बराबरको १ करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ३ उपसमूहको सूचक सकारात्मक छन् भने बाँकी १० उपसमूहको सूचक नकारात्मक छ। जसमा होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.५२ प्रतिशतले बढेको छ भने लगानी उपसमूहको सूचक सबैभन्दा धेरै १.४१ प्रतिशतले घटेको छ।

बुधबार सिइडिबी हाइड्रोपावरको सबैभन्दा धेरै ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड र सोल्टी होटलको २० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अपर स्यांगे हाइड्रोपावर ९.९९ प्रतिशत र कुथलि बुखरी हाइड्रोपावरको ९.९८ प्रतिशतले बढेको छ।

यता जानकी फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९० प्रतिशत घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.८० प्रतिशत र माथिल्लो मैलुङको ४.५५ प्रतिशतले घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।