तिहारपछिको पहिलो कारोबार दिन झिनो अंक घट्यो नेप्से

Nov 05, 2024 03:09 PM Merolagani



तिहारको बिदापछिको पहिलो कारोबार दिन नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ। तिहार अघिको अन्तिम कारोबार दिन करिब साढे १४ अंक घटेर बन्द भएको नेप्सेले यस दिन भने झिनो अंक घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक ०.२१ अंक घटेर २६७७.४० विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०२ स्टकको ४७ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ७० पैसा बढेर १ हजार १४० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य साढे प्रतिशत बढेको छ। कारोबारमा आएको मिड सोलु हाइड्रोपावरको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०६ रुपैयाँ १० पैसा घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने एनएलजी इन्स्योरेन्सको करिब १६ करोडको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको हो।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।