चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २० करोड ९० लाख रुपैयाँ कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७१ प्रतिशत कम हो। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले २१ करोड ५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा १२.०७ प्रतिशत घटेर ६ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। गत अािर्थक वर्षको यसै अवधिसम्ममा कम्पनीले साढे ७ करोड नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको कुल नाफा ६.३६ प्रतिशत घटेको छ भने अन्य आम्दानी १६९.१२ प्रतिशत र सञ्चालन मुनाफा ५.७५ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६ पैसा घटेर ७ रुपैयाँ ७५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.४५ गुणा रहेको छ।
३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ रहेको छ।