सातामा करिब ३ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Nov 16, 2024 06:41 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ३ प्रतिशत बढेर बन्द भएको छ। गत साता २६७५.५१ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७४ प्रतिशत अर्थात ७३.२७ अंक बढेर २७४८.७८ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साताको मंगलबार र बुधबार नेप्से सामान्य अंक घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ८.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९६ अंक बढेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ७१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब ४४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १००.१६ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ८९.२४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ८५.५३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २.७६ प्रतिशत अर्थात १ खर्ब १७ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७६ अर्ब पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.५६ प्रतिशत बढेको छ। गत साता ३४९७.४४ विन्दुमा बन्द भएको नेप्से, यस साता २६४.३३ अंक बढेर ३७६१.७७ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता जलविद्युत उपसमूहको परिसूचक करिब ६ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ५ प्रतिशत बढेको छ।

अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २८१.६९ अंक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक भने ०.०२ प्रतिशत घटेको छ।

नेप्सेमा यस साता ४ कम्पनीको १ करोड २४ लाख ५४० कित्ता शेयर सूचीकृत भएको छ। यस साता समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्यूब आयलको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने आँखुखोला जलविद्युत कम्पनीको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ६०.९५ प्रतिशत बढेको छ। गत साता १ हजार ९०० रुपैयाँमा कारोबार भएको यस कम्पनीको शेयर, यस साता ३ हजार ५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता श्रृजनशील लघुवित्तको शेयरमूल्य साढे ३१ प्रतिशत बढेको छ भने सुपरमाई हाइड्रोपावरको शेयरमूल्य ३० प्रतिशतभन्दा बढी बढेको छ। यस साता शेयरमूल्य घटेका कम्पनीहरुको मूल्य गिरावटदर भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता मेगा म्युचुअल फण्ड १, नबिल ब्यालेन्स्ड फण्ड ३, प्रभु स्मार्ट फण्ड लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने नेपाल दूरसञ्चार कम्पनी, इष्टर्न हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।