नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित

Nov 21, 2024 05:30 PM Merolagani



राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदन उपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराए । कार्यअनुभवका आधारमा प्रतिवेदन उपर छलफल गरी पारित गरेको बताए ।

उनले भने, ‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’

प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।